म्युजिकल फिल्मबाट चिनाइँदै बाहाने पोखरी र राई संस्कृति (तस्बिरहरू) « Khabarhub

म्युजिकल फिल्मबाट चिनाइँदै बाहाने पोखरी र राई संस्कृति (तस्बिरहरू)


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएर पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेका थुप्रै गन्तव्य स्थलहरू छन् । तिनै मध्येको एक हो खोटाङ जिल्लामा अवस्थित बाहाने पोखरी । 

आफ्नो जन्मभूमिलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ मिसन सिबिरिगोले म्यूजिकल फिल्म सार्वजनिक गरेका छन् ।

जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल बाहाने पोखरी क्षेत्रमा पहिलो पटक उनले म्युजिकल फिल्म ‘चाँदीको पाना’ को छायांकन गरेका हुन् ।

सिबिरिगोका अनुसार आफ्नो प्रयासलाई खोटाङको पर्यटन र संस्कृतिलाई उजागर गर्ने एक दरिलो प्रयास भनेका छन्। करिब तीन वर्षदेखि पर्यटन प्रवर्धनलाई मुख्य उद्देश्य बनाएर विभिन्न नयाँ गन्तव्यहरूमा म्युजिकल फिल्म छायांकन गर्दै आएका सीबीरीगोले, यसअघि बाजुराको बडिमालिका क्षेत्रमा ‘म भेडी गोठालो’,  कास्कीको कोरिमा ‘बतास जस्तै’ जस्ता गीत पस्किसकेका छन् ।

यसपटक भने ‘चाँदीको पाना’ मार्फत आफ्नै माटोको सुगन्ध र कथा दर्शकसम्म पुर्‍याउने प्रयास गरिएको उनले बताएका छन्।

पर्यटन तथा संस्कृति प्रवर्धनको हुटहुटी बोकेर नेपालका ७० जिल्ला पुगिसकेका निर्देशक सिबिरिगोले यसपटक आफ्नै जन्मथलो रोजेका हुन् ।

सिबिरिगोले भने, ‘खोटाङमा धेरै मनमोहक र सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरू छन् । तर प्रचार प्रसारको अभावमा ती ओझेलमा परिरहेका छन् । आफ्नै ठाउँलाई चिनाउनुपर्छ भन्ने संकल्पका साथ बाहाने पोखरी जस्तो सुन्दर स्थलमा ‘चाँदीको पाना’ को छायांकन गरिएको हो।’

यो म्युजिकल फिल्म मनोरञ्जनमा मात्र सीमित नभएको उनी बताउँछन्। यसबाट किरात राई समुदायको मौलिक संस्कृति, परम्परा र प्राकृतिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्य राखिएको उनले सुनाए ।

सिबिरिगोले भने, ‘हाम्रो संस्कृति फरक, मौलिक र अत्यन्तै महत्त्वपूर्ण छ। यो भिडियोमार्फत राई समुदायको संस्कृति र यहाँको रैथाने ज्ञान थोरै भएपनी नयाँ पुस्ताले बुझ्न सकुन् भन्ने मेरो चाहना हो।’

गीतमा बाहाने पोखरी वरपरको रमणीय दृश्य र स्थानीय जनजीवनलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।  यसले आन्तरिक तथा बाह्य पर्यटकलाई खोटाङतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बाहाने पोखरीको प्रकृति र स्थानीय जीवनशैलीलाई जीवन्त बनाउन गीतमा लोकप्रिय गायक सुरज पण्डित र गायिका मेलिना राईले स्वर दिएका छन् । 

म्युजिकल फिल्ममा अरुण पुन मगर, मिसन सिबिरिगो, बिमला खाजुम, अमित मगर र स्वर्णिमा राईको अभिनय छ भने उक्त भीडीयोको छायांकन अनिल कृष्ण मानन्धरले गरेका हुन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ४ : ५४ बजे

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर