इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण « Khabarhub

इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा आक्रमण गरेको लेबनानको सरकारी मिडियाले जनाएको छ ।

 सन् २०२४ नोभेम्बरको युद्धविरामको बावजुद इजरायल र लडाकु समूह हेजबुल्लाह बीचको एक वर्ष भन्दा बढीको शत्रुता अन्त्य हुने अपेक्षा गरिएको थियो,यद्दपी इजरायलले लेबनानमा आक्रमण जारी राखी पाँच वटा दक्षिणी क्षेत्रहरूमा सेना राखेको छ ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीले दक्षिण र पूर्वका पहाडी क्षेत्रहरूमा थुप्रै आक्रमणहरू भएको रिपोर्ट गरेको छ । इजरायली सेनाले इरान समर्थित समूहका सदस्यहरूका लागि हेजबुल्लाहले प्रशिक्षण र पाठ्यक्रम सञ्चालन गर्न प्रयोग गरेको सैन्य परिसरसहित लेबनानका धेरै क्षेत्रहरूमा आतंककारी पूर्वाधार स्थलहरूलाई लक्षित गरेको बताएको छ ।

इजरायली सेनाले केही समय अघि, आईडीएफले दक्षिणी लेबनानको ताइबेह क्षेत्रमा हेजबुल्लाह आतङ्ककारीलाई आक्रमण गरेको थियो । आगामी शुक्रबार संयुक्त राज्य अमेरिका र फ्रान्सलगायतको सहभागीतामा युद्धविराम अनुगमन समितिको बैठक तय भएको छ ।

मंगलबार बेरुतबाट ३० किलोमिटर दक्षिणमा इजरायली आक्रमणमा दुई जनाको मृत्यु भएको थियो । लेबनानमा युद्धविराम सम्झौता लागू भए देखि इजरायली आक्रमणबाट करिब ३४० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ४ : ५४ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई