इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या « Khabarhub

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उनी आबद्ध क्लबले जानकारी दिएको छ । बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागूऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ ।

ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका रूपमा चिनिन थालेको छ र हालैका महिनाहरूमा इक्वेडरका थुप्रै फुटबल खेलाडीहरू आक्रमणको निशानामा परेका छन् । 

३३ वर्षीया पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोट चरणमा इक्वेडरको राष्ट्रिय टोलीमा समावेश भएका थिए । यद्यपि सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको अन्तिम चरणका लागि भने उनी छनोट हुन सकेका थिएनन् । उनले सन् २०२२ मा ब्राजिलको क्लब फ्लुमिनेन्सका लागि पनि व्यावसायिक फुटबल खेलेका थिए ।

उनको क्लब बार्सिलोना एससीले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै भनेको छ, ‘गहिरो दुःखका साथ यो जानकारी गराइन्छ कि हाम्रा खेलाडी मारियो पिनिडाको निधन भएको छ । उनीमाथि भएको आक्रमणपछि यो दुःखद घटना घटेको हो ।’ क्लबले परिवारप्रति समवेदना व्यक्त गर्दै न्यायको माग पनि गरेको छ ।

पिनिडाको मृत्युको पुष्टि इक्वेडरको गृह मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार घटनाको गम्भीरता हेर्दै विशेष प्रहरी एकाइ परिचालन गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ । अपराधी पहिचान र पक्राउका लागि सुरक्षा निकाय सक्रिय रूपमा खटिएको मन्त्रालयले जनाएको छ ।

डिजिटल समाचार माध्यम प्रिमिसियासका अनुसार मोटरसाइकलमा सवार दुई जना व्यक्तिले पिनिडामाथि आक्रमण गरेका थिए । ती आक्रमणकारीहरूले उनी, उनकी आमा तथा अर्को एक महिलामाथि अन्धाधुन्ध गोली प्रहार गरेको रिपोर्ट गरिएको छ । घटनामा अन्य घाइतेहरूको अवस्था र आक्रमणको कारणबारे थप विवरण सार्वजनिक भइसकेको छैन ।

यसअघि सेप्टेम्बर महिनामा इक्वेडरको दोस्रो डिभिजनका तीन जना फुटबल खेलाडीको हत्या भएको थियो, जसमा एक जनाको हत्या कथित रूपमा खेलकुद सट्टेबाजीसँग जोडिएको बताइएको थियो ।

त्यसको एक महिनापछि स्थानीय फुटबल खेलाडी ब्रायन एङ्गुला पनि गोली हानाहानमा घाइते भएका थिए, जसले खेलकुद क्षेत्रसमेत आपराधिक हिंसाबाट सुरक्षित नरहेको देखाएको छ ।

कुनै समय ल्याटिन अमेरिकाकै सुरक्षित मुलुकमध्ये एक मानिने इक्वेडर पछिल्ला वर्षहरूमा गम्भीर सुरक्षा संकटमा फसेको छ । कोलम्बिया र पेरुजस्ता प्रमुख कोकेन उत्पादक राष्ट्रहरू र विश्वका उपभोक्ता बजारबीचको मुख्य ट्रान्जिट हब बनेपछि देशमा लागूऔषध तस्करीसँग सम्बन्धित गिरोहहरूको प्रभाव बढेको छ ।

विशेषगरी ग्वायाकिलमा कार बम विस्फोट, गोलीबारी र फिरौतीका घटना तीव्र रूपमा बढिरहेका छन् ।

 आधिकारिक तथ्यांकअनुसार जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा मात्र ग्वायाकिलमा करिब एक हजार ९०० हत्याका घटना दर्ता भएका छन्, जुन इक्वेडरका अन्य सहरहरूमध्ये सबैभन्दा बढी हो । यस्ता घटनाले देशको खेलकुद, सामाजिक सुरक्षा र समग्र स्थायित्वप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : ०३ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य