डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए « Khabarhub

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनले व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै राजीनामा पेश गरेका जनाइएको छ। डा. रिजालको कार्यकालमा राष्ट्रिय ट्रमा सेन्टरमा आपतकालीन तथा ट्रमा सेवाको सुदृढीकरण, सेवा व्यवस्थापन सुधार र जनशक्ति समन्वयमा उल्लेखनीय पहलहरू गरिएको थियो । 

उनको राजीनामासँगै सेन्टरको नेतृत्व व्यवस्थापनका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने बताइएको छ। 

राजीनामा स्वीकृत तथा नयाँ मेडिकल प्रमुख सुपरिटेन्डेन्ट नियुक्तिको विषयमा सम्बन्धित निकायबाट औपचारिक निर्णय आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : १३ बजे

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध