फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा « Khabarhub

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले मात्रै संवेदनशिल अवस्थाबाट देशलाई निकास दिने बताएका छन् ।

 पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन नगरेर अर्को बाटो रोजे देशले अपूरणीय क्षति व्यहोर्नुपर्नेमा समेत सजग गराए । 

‘ मओवादी र एमाले मिलेर नेकपा एमाले बनेपछि प्रधानमन्त्री भएका केपी ओलीले संसद् विघटन गर्दा हामीलाई निर्वाचनमा जानु फाइदा थियो तर हामी गएनौँ । किनभने समयभन्दा अगाडि गरिने चुनावले यसको चक्रलाई बिगार्छ । यसपटक आवश्यकताले चुनावमा जानुपर्ने देखाएको छ । फागुन २१ को निर्वाचनमा सहभागी भएनौ भने देश दुर्घटनामा जान्छ । त्यसैले चुनाव सफल बनाउन सरकारले दलसँग तीव्र संवाद गरेर सुरक्षित वातावरण बनाउनपर्नेछ ’ उनले भने ।

कार्यक्रममा उनले कांग्रेस माथि आफैँ घाउ सहेर पनि देशलाई बचाउने जिम्मेवारी रहेको उल्लेख गरे । 

उनले भने, ‘अन्य पार्टीलाई चुनाव जित्न अनेकन विधि अपनाउने सुविधा छ तर कांग्रेसलाई त्यो छुट छैन् । राष्ट्रिय पार्टी भनेको चुनावको लागि मात्र हो । तर कांग्रेस पार्टी मात्र नभएर राष्ट्रिय शक्ति हो । यसको अभिभावकीय जिम्मेवारी हुन्छ । कांग्रेसले आफुले घाउ सहेर पनि राष्ट्रलाई घाउ लाग्न दिन हुँदैन । इतिहासलाई हेर्दै समयको चापलाई बुझेर अहिले आफ्नो फराकिलो जिम्मेवारी कहिले अग्लो कहिले गहिरो भएर सोच्नुपर्छ ।’ 

दलहरूसँग संवाद गरी आशंका हटाउने काम पनि सरकारकै दायित्व भएको उनको भनाइ छ। साथै, दलहरू तटस्थ भूमिकामा रही निर्वाचन सफल बनाउन साथ दिनुपर्नेमा उनले जोड दिए।

‘भदौ २३ र २४ गते आवेग र उत्तेजनामा विभिन्न घटना भए भने विभिन्न स्वार्थ समुहले योजनावद्ध रुपमा गतिविधि गरेको पनि छ । त्यसको छानबिनका लागि राज्यबाट बनेको आयोगले निष्पक्ष र पूर्वाग्रहरहित भएर सबैले स्वीकार्ने गरी काम गर्नुपर्छ र त्यसमा मेरो विश्वास छ’ उनले थपे । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : ३८ बजे

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध