शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन « Khabarhub

शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्षमा पराजित ईश्वर पोखरेललाई निम्तै नगरेको खुलेको छ।

अध्यक्षमा तेस्रो पटक विजयी केपी शर्मा ओली, निर्वाचन आयोग र अध्यक्ष मण्डललेसमेत पोखरेललाई शथप ग्रहणमा नबोलाएको हो ।

थापा गाउँस्थित कार्यालयमा जम्मा भएर भृकु्टीमण्डपमा भएको शपथ ग्रहणमा जान तयारी गरे पनि पोखरेल पक्षलाई बेवास्ता गरिएको हो ।

‘शपथ ग्रहणमा गएर विजयी भएका साथीहरूलाई बधाई दिन चाहेका थियौँ । तर अध्यक्ष मण्डल, निर्वाचन आयोग र अध्यक्षबाट पनि कुनै खबर आएन’, पदाधिकारीमा पराजित एक नेताले भने, ‘ईश्वर र सुरेन्द्र पाण्डे कमरेडसहित विजयीहरूलाई भृकुटीमण्डपमा बधाई दिन चाहे पनि शपथ ग्रहणबारे कुनै जानकारी नआएपछि जाने अवस्था भएन ।’

नयाँ पदाधिकारीको शपथ ग्रहण नभएसम्म अध्यक्षमण्डल विघटन भएको थिए । अध्यक्षमण्डलले अध्यक्षका प्रत्यासी पोखरेललाई पनि नबोलाएपछि ओलीले प्रतिस्पर्धी र चुनौती दिनेलाई ठेगान लगाउने नीति नै अपनाउन खोजेको इतर पक्षको मत रहेको छ।

‘सबै जान भनेर बसेका थियौँ । तर खबर आएन’, ती नेताले भने, ‘हामीले त प्यानलमा केपी ओली र शंकर पोखरेलको पनि नाम हालेका थियौँ । त्यो जबज निर्देशित हाम्रो प्रयास थियो । तर निर्वाचन परिणामसँगै निषेधको अभ्यास शपथ ग्रहणमै देखिएको छ । निर्वाचन आयोगले सबै केन्द्रीय सदस्यहरूलाई विजयी भनिनसक्दै यस्तो अभ्यास सुरू भएको छ।’

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : ५९ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको