चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल « Khabarhub

चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच लामो समयदेखिको असल छिमेकी रहेको भन्दै नेपाल एक चीन नीतिप्रति सधै प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौँमा बिहीबार आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गरे ।

चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको उनले उल्लेख गरे ।

‘चीन नेपालको लामो समयदेखिको सहयोगी छिमेकी हो’, सञ्चारमन्त्री खरेलले भने, ‘खासगरी नेपालको पूर्वाधार विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवर्द्धनमा उत्तिकै योगदान गरेको छ, यसका लागि चीन सरकार र चिनियाँ जनताप्रति आभार प्रकट गर्दछु ।’

नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङले दुई देशबीचको सम्बन्धको विविध आयामबारे चर्चा गरे ।

दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्धारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबीच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित थियो ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : १३ बजे

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी