वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित « Khabarhub

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

मेयर ढकालले कर्णालीको भूगोलबाट महिलाबाट सर्वाधिक १९२३ मत पाएर विजयी हुन् ।

ढकाल यस अघि चितवन महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । ढकाल अध्यक्ष केपी शर्मा ओलीको टिमबाट चुनावी मैदानमा उत्रेकी थिइन् ।

उपमेयर भएका बेला नै उनी पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । २०७९ को स्थानीय तहको निर्वाचनमा ६दलीय गठबन्धनलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन् ।

राजनीति र।विकासका मुद्दालाई प्रखर रुपमा उठाउदै आएकी ढकाल कर्णालीका महिलाका समस्या समाधानका लागि कर्णालीले नै पहल लिनुपर्ने धारणा राख्छिन् ।

झण्डै ३ लाख मानिसको बसोबास भएको सहरको सरकार प्रमुख भएर।पनि पार्टीले खटाएको ठाउँमा गएर काम सम्पन्न गर्ने र संगठन बिस्तारमा उनले योगदान गरेकी छिन् ।

कानुनमा एलएलबी र राजनीति शास्त्रमा स्नातकोतर गरेकी ढकाललाई स्थानिय राजनीतिज्ञले कर्णालीको राजनीतिमा सम्भावना भएको नेताका रुपमा हेरेका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : ४० बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं