ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु « Khabarhub

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली पार्टीलाई एकताबद्ध बनाउने बाचा गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न्।

‘एमालेको अध्यक्षको हैसियतले भन्दैछ, ६ दशकमा जे अनुभव हाँसिल गरेको छु’, उनले भने, ‘सिंगो पार्टीलाई एकताबद्ध गरेर गणतन्त्र केन्द्रित र निर्णायक राष्ट्रिय शक्ति बनाउँछु।’

उनले सम्बोधनका क्रममा एमालेको राजनीतिबाट बिदा भएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र केशव बडाललई धन्यवाद दिए ।

‘हामी प्रतिस्पर्धा गरेर नयाँ केन्द्रीय कमिटी बनाएका छौँ’, उनले भने, ‘बिदा भएर जानु भएका उहाँहरूको राजनीतिक योगदानको हामी सधैँ सम्मान गर्छौँ।’

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : ४६ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं