अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ « Khabarhub

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार भिड्न तयार रहेको चेतावनी दिएका छन्।

उनले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्बोधनका क्रममा पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे । ओलीले सरकारका कदमविरुद्ध निर्णायक संघर्ष गर्ने पनि घोषणा गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमाथि भौतिक आक्रमण, जाली मुद्दा र पञ्चायतकालीन शैलीका गतिविधि भइरहेको आरोप लगाए। ‘एमाले नेतृत्वलाई छोएका दिन देश खत्तम हुन्छ,’ उनले भने, ‘यदि झूटा मुद्दामा एमाले र नेतृत्वलाई छुने काम भएमा सरकार ढल्छ, हामी ढालिदिन्छौँ।‘

अध्यक्ष ओलीले एमालेमाथि हुने कुनै पनि आक्रमणको देशव्यापी रूपमा कडा जवाफ दिने चेतावनी दिए। ‘एमालेलाई छोयो भने संसारमै महंगो पर्ने गरी जवाफ दिन तयार छौँ,’ उनले भने, “फेरि पनि आक्रमणको प्रयास भयो भने प्रतिकार हुन्छ।’

उनले लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेको पार्टीलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै त्यसमा संलग्न शक्तिहरूको आलोचना गरे।

ओली वर्तमान सरकार चुनाव गराउनेतर्फ नभई षड्यन्त्रको तयारीमा लागेको बताए। जेन–जीसँग गरिएको सम्झौतालाई उनले षड्यन्त्रको संज्ञा दिँदै यो सरकार संविधान संशोधनका लागि नभई निर्वाचन गराउन बनेको सरकार भएको बताए।

ओलीले वर्तमान सरकारले निर्वाचन गराउने अवस्था नरहेको दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरे। ‘मलाई विश्वास छ, सम्मानित अदालतले राष्ट्रको जटिलता बुझेर संसद् फर्काउनेछ,’ उनले भने।

देशमा अराजकता फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले पार्टी कार्यकर्ता र नागरिकलाई सतर्क रहन आग्रह गरे।

उनले राज्य संयन्त्रमाथि मात्रै भर पर्न नहुने भन्दै टोल–टोलमा सुरक्षा समिति गठन गर्न आह्वान गरे। ‘एक हप्ताभित्र टोल सुरक्षा समिति बनाउनुहोस्,’ ओलीले सरकारप्रति आक्रोशित हुँदै भने, ‘यो सरकार र राज्यसंयन्त्रको हामीलाई भरोसा छैन । त्यसैले हामीले आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ।’

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : ०४ बजे

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा