जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने « Khabarhub

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर पाकिस्तानमा अलपत्र परेका ५३५ अफगानीहरूलाई व्यवस्थापन गर्न जर्मनी सरकार प्रतिवद्ध रहेको बिहीबार बताएको छ ।

गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले आरएनडी मिडिया नेटवर्कसँग भने, ‘बर्लिनले उनीहरूलाई जर्मनी प्रवेश गर्न अनुमति दिन ‘सम्भव भएसम्म’ डिसेम्बरभित्र नै प्रक्रिया पूरा गर्न चाहेको छ ।’
 
अफगानी शरणार्थीहरूलाई अघिल्लो जर्मन सरकारले स्थापना गरेको शरणार्थी योजना अन्तर्गत स्वीकार गरिएको हो । मे महिनामा कन्जरभेटिभ चान्सलर फ्रेडरिक मर्जले पदभार ग्रहण गरेपछि र कार्यक्रम रोक्न थालेपछि उनीहरू पाकिस्तानमा अलपत्र परेका थिए ।

यस योजनामा भएकाहरूले या त तालिवान विरुद्धको युद्धको क्रममा अफगानिस्तानमा जर्मन सशस्त्र बलसँग काम गरेका थिए वा सन् २०२१ मा तालिवान समूह सत्तामा फर्केपछि विशेष जोखिममा रहेको अनुमान गरिएका अधिकारकर्मी र पत्रकार साथै उनीहरूका परिवारहरू रहेका छन् । 

पाकिस्तानले अफगानीहरू मुद्दा टुङ्गो लगाउन वर्षको अन्त्यका लागि समयसीमा तोकेको थियो । यदि मुद्दा टुङ्गो लगाउन वर्षको अन्त्यसम्म सम्भव नभएमा उनीहरूलाई अफगानिस्तान पठाउने तयारी पाकिस्तानले गरेको बताइएको छ। 

डोब्रिन्ड्टले भने, ‘हामी यस बारेमा पाकिस्तानी अधिकारीहरूसँग सम्पर्कमा छौँ । हुन सक्छ केही मुद्दाहरूमा हामीले नयाँ वर्षमा काम गर्नुपर्नेछ ।’
 
गत हप्ता गृह मन्त्रालयले यो योजनामा समावेश गर्ने भनिएका ६५० जनालाई जर्मनीमा शरण नदिइने बताएको थियो । सरकारले अझै पनि पाकिस्तानमा बस्नेहरूलाई जर्मनीमा बसोबास गर्ने आफ्नो दाबी त्याग्न पैसा प्रस्ताव गरेको छ, तर नोभेम्बरको मध्यसम्म मात्र ६२ जनाले मात्र यो प्रस्ताव स्वीकार गरेका थिए ।
 
एम्नेस्टी इन्टरनेशन, सेभ द चिल्ड्रेन र ह्युमन राइट्स वाचसहित जर्मनीका २५० भन्दा बढी संस्थाहरूले यस महिनाको सुरुमा पाकिस्तानमा योजना अन्तर्गत एक हजार ८०० अफगानीहरू अलपत्र रहेको बताएका थिए र उनीहरूलाई प्रवेश दिन सरकारसँग आग्रह गरेका थिए ।
 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : ५१ बजे

देउवा-आरजुविरुद्ध पक्राउ प्रक्रियामै सरकारको अनेक त्रुटि, सर्वोच्चले उठायो गम्भीर प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणाविरुद्ध जारी

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ