सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ  « Khabarhub

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना गर्न पार्टीलाई बलियो ढंगले अघि बढाउने बताएका छन् । 

एघारौं महाधिवेशन समापन समारोहलाई बिहीबार साँझ सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिले एमाले नेतृत्वमाथि चौतर्फी हमला गर्न खोजेको भन्दै उनले नेतृत्वलाई छोए देश ठप्प पार्ने चेतावनी दिए । 

अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकार चुनाव गराउने म्याण्डेडबाट बाहिर गएको आरोप लगाए।  उनले सर्वोच्च अदालतले राष्ट्रको जटिलतालाई मध्यनजर गर्दै संवैधानिक व्यवस्थामा देशलाई फर्काउन संसद् पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे । 

उनले निर्वाचन प्रचारप्रसारका लागि बनाइएको आचारसंहिताप्रति पनि आपत्ति जनाए । अध्यक्ष ओलीले जाँचबुझ आयोगको कामप्रति पनि असन्तुष्टि जनाउँदै अर्को आयोग बनाउन माग गरे । 

एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान सुरु गर्न गर्न आह्वान गर्ने लगायतका २४ बुँदे प्रस्ताव पारित गरेको छ । यसैबीच एमालेले शुक्रबार दिउँसो १ बजे पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान गरेको छ । 

नयाँ नेतृत्व चयन र समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

मङ्सिर २७ गतेबाट सुरु भएको एमाले महाधिवेशन बिहीबार औपचारिक रुपमा सम्पन्न भएको हो । भृकुटीमण्डपमा महाधिवेशन सम्पन्न हुनुअघि पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरे। 

अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५-२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : ५३ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन