अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित « Khabarhub

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र देखाएको छ। अध्यक्ष पदमा भारी मतान्तरसहित विजयी भएका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने अप्रत्याशित रूपमा पराजित भएका छन्।

विधानले अनुमति दिएको व्यवस्था अनुसार ओलीले अध्यक्षसँगै केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका थिए। अध्यक्षमा उनले १ हजार ६ सय ६३ मत ल्याउँदै सहज जित दर्ता गरे। तर खुला केन्द्रीय सदस्यतर्फ भने ९ सय ७९ मतमै सीमित हुँदा उनी २८औँ स्थानमा परेर सूचीबाट बाहिरिएका छन्।

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा यो तथ्य स्पष्ट देखिन्छ।

यता अध्यक्ष पदमा ५ सय ६४ मत पाएर पराजित भएका ईश्वर पोखरेलले भने केन्द्रीय सदस्यमा सफलता हात पारेका छन्। खुला केन्द्रीय सदस्यतर्फ उनी १ हजार ८८ मतसहित ९औँ स्थानमा रहँदै विजयी भएका हुन्।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ८ : ३५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन