उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो « Khabarhub

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि नेतृ उषाकिरण तिम्सिनाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छन्।

फेसबुक स्टाटसमा उनले पार्टीभित्र परिवर्तन आवश्यक छ कि छैन भन्ने विषयमा लामो समयदेखि बहस रहेको उल्लेख गर्दै महाधिवेशनले ‘जे छ, ठिकै छ’ भन्ने निर्णय दिएको बताएकी छन्। उनले महाधिवेशनबाट विजयी भएका सबै कमरेडलाई बधाई दिँदै परिवर्तनको पक्षमा उभिएका नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, “सबै साथीहरूले चासो राख्नु भएको छ, म पराजित भएको जानकारी गराउँछु। विजयी सम्पूर्ण कमरेडहरूलाई फेरि पनि धेरै शुभकामना।”

उषाकिरण तिम्सिना एमालेभित्र परिवर्तन र सुधारको पक्षमा आवाज उठाउँदै आएकी नेतृका रूपमा चिनिन्छिन्। पार्टीको ११औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएकी हुन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ८ : ५४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली