उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो « Khabarhub

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि नेतृ उषाकिरण तिम्सिनाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छन्।

फेसबुक स्टाटसमा उनले पार्टीभित्र परिवर्तन आवश्यक छ कि छैन भन्ने विषयमा लामो समयदेखि बहस रहेको उल्लेख गर्दै महाधिवेशनले ‘जे छ, ठिकै छ’ भन्ने निर्णय दिएको बताएकी छन्। उनले महाधिवेशनबाट विजयी भएका सबै कमरेडलाई बधाई दिँदै परिवर्तनको पक्षमा उभिएका नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, “सबै साथीहरूले चासो राख्नु भएको छ, म पराजित भएको जानकारी गराउँछु। विजयी सम्पूर्ण कमरेडहरूलाई फेरि पनि धेरै शुभकामना।”

उषाकिरण तिम्सिना एमालेभित्र परिवर्तन र सुधारको पक्षमा आवाज उठाउँदै आएकी नेतृका रूपमा चिनिन्छिन्। पार्टीको ११औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएकी हुन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ८ : ५४ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री