नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले « Khabarhub

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले नीति, विचार र सिद्धान्तबिनाको पार्टीको कुनै औचित्य नहुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका–२ को बिहीबार दमौलीमा आयोजित प्रथम वडा अधिवेशनका अवसरमा उनले सो कुरा बताएका हुन् । पार्टीको पहिलो बिम भनेको नीति, विचार र सिद्धान्त रहेको उल्लेख गर्दै डा. वाग्लेले विचार बलियो भयो भने प्रतिकूल अवस्थामा पनि पार्टी जीवित रहनसक्ने बताए ।

नीति, विचार र सिद्धान्तबिनाको पार्टी क्षणिक भीडतन्त्र हुनसक्ला तर दिगो रुपमा चल्न नसक्ने उनको भनाइ थियो । ‘रास्वपा मूलधारको राजनीतिक बन्न सफल बनेको छ,’ उनले भने, ‘पार्टी ठूलो हुँदै गर्दा पार्टीमा थप चुनौती थपिएको छ, यसतर्फ हामी सचेत छौँ ।’

आउँदो फागुन २१ गते हुने निर्वाचनमा सबै राजनीतिक दलले भाग लिएर देशलाई निकासको बाटोमा लैजान लाग्नुपर्नेमा उनले जोड दिए ।

विसं २०७९ को निर्वाचनमा तीन हजार सदस्य रहेको रास्वपाको दुई लाख ५७ हजार पुगेको उनले दाबी गरे । ३८ वटा देशमा संगठन, ७७ वटै जिल्लामा संगठन विस्तार र ५०० बढी पालिकामा पार्टीको उपस्थिति रहेको उनले उल्लेख गरे ।

समाजलाई समृद्धिको बाटोमा रास्वपा लैजान्छ भन्ने विश्वास आमनागरिकमा जगाउन आवश्यक रहेकोसमेत उनले बताए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ९ : १३ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो