नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले « Khabarhub

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले नीति, विचार र सिद्धान्तबिनाको पार्टीको कुनै औचित्य नहुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका–२ को बिहीबार दमौलीमा आयोजित प्रथम वडा अधिवेशनका अवसरमा उनले सो कुरा बताएका हुन् । पार्टीको पहिलो बिम भनेको नीति, विचार र सिद्धान्त रहेको उल्लेख गर्दै डा. वाग्लेले विचार बलियो भयो भने प्रतिकूल अवस्थामा पनि पार्टी जीवित रहनसक्ने बताए ।

नीति, विचार र सिद्धान्तबिनाको पार्टी क्षणिक भीडतन्त्र हुनसक्ला तर दिगो रुपमा चल्न नसक्ने उनको भनाइ थियो । ‘रास्वपा मूलधारको राजनीतिक बन्न सफल बनेको छ,’ उनले भने, ‘पार्टी ठूलो हुँदै गर्दा पार्टीमा थप चुनौती थपिएको छ, यसतर्फ हामी सचेत छौँ ।’

आउँदो फागुन २१ गते हुने निर्वाचनमा सबै राजनीतिक दलले भाग लिएर देशलाई निकासको बाटोमा लैजान लाग्नुपर्नेमा उनले जोड दिए ।

विसं २०७९ को निर्वाचनमा तीन हजार सदस्य रहेको रास्वपाको दुई लाख ५७ हजार पुगेको उनले दाबी गरे । ३८ वटा देशमा संगठन, ७७ वटै जिल्लामा संगठन विस्तार र ५०० बढी पालिकामा पार्टीको उपस्थिति रहेको उनले उल्लेख गरे ।

समाजलाई समृद्धिको बाटोमा रास्वपा लैजान्छ भन्ने विश्वास आमनागरिकमा जगाउन आवश्यक रहेकोसमेत उनले बताए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ९ : १३ बजे

एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा

काठमाडौं – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७

आदिवासी जनजातिको हक–अधिकार सुनिश्चित गर्न सांसदहरू प्रतिबद्ध

काठमाडौं– विभिन्न राजनीतिक दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार

इरान-अमेरिका वार्ता र रोक्का कोषबारे छलफल गर्न इरानी उच्च प्रतिनिधिमण्डल दोहामा

एजेन्सी– इरानका उच्चस्तरीय प्रतिनिधिमण्डल रोक्का गरिएको सम्पत्ति र अमेरिका–इरानबीच सम्भावित

एथलेटिक्स टोली हङकङ जाने

काठमाडौं– २२औँ यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित