जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे « Khabarhub

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका छन्।

चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्ष जस्तै यो वर्ष पनि जाडो छल्न धमाधम बेसी झर्न थालेका हुन्। “अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी घर कुर्न बसेका छन्”, चुमनुब्री–७ छेकम्पारको पासाङफुन्जी लामा भन्छन्, “अहिले हरेक घरमा एक जनामात्र होलान्।”

गाउँ कुर्न बसेकाले खेतीपाती र बस्तुभाउको रेखदेख गर्ने उनको भनाइ छ। गाउँमा रहेकाले छरछिमेक तथा आफन्तको घरको रेखदेख गरिदिने उनले बताए। जाडो बढेपछि मङ्सिर दोस्रो सातादेखि लेकको चरन र खर्कमा राखिएका चौंरी गाउँमा झारिएको छ। याक भने हिमाली क्षेत्रको चरनमै रहेको सोही वडाका वडाध्यक्ष टासी लामाले बताए।

“याकको भुत्ला बाक्लो हुने भएकाले लेकमै छाडिन्छ। चौँरीलाई भुत्ला पातलो भएकाले गाउँमा ल्याएर आफ्नै घरमा राख्ने चलन छ”, उनले भने।

चुमनुब्री–१ मा पनि बस्ती खाली हुन थालेका छन्। तिब्बत सिमाना नजिक पर्ने साम्दो गाउँ खाली हुन थालेको त्यहाँका स्थानीय बासिन्दाको भनाइ छ। यहाँका करिब ४५ घरधुरीमध्ये १०, १५ घरबाहेक सबै घरका बासिन्दा ताला लगाएर बेसी झरेका स्थानीय वाङचुक राप्तेन लामाले जानकारी दिए।

“धेरै घर खाली भइसकेका छन्”, उनले भने, “एक दुईबाहेक होटल पनि बन्द भएका छन्।” जाडो बढेपछि चुमनुब्री–२ को ल्हो माविका विद्यार्थीलाई आरुघाट गाउँपालिका–४ को कोखेटारमा सारिएको छ।

चैतसम्मका लागि विद्यालय नै तल स्थानान्तरण गरिएको त्यहाँका प्रधानाध्यापक बाबुराम धमला बताउँछन्। उनीहरू बेसी झरेका वेला तीर्थाटनका लागि धर्मशाला, लुम्बिनी तथा विभिन्न धर्मगुरुको समीपमा जाने गर्छन्।

“धेरैजसो तीर्थ गर्न जान्छन्। कोहीकोही काठमाडौँमा पढ्ने छोराछोरीसँग घुमफिर गरेर समय बिताउँछन्”, चुमनुब्री–७ निलेको लोप्साङ लामा भन्छन्, “हाम्रातिर घरमा ढोका लगाएर सबै बेसी झर्दैनन्। कम्तीमा प्रत्येक घरमा एकजना घर कुरुवा बस्छन्।”

अहिले बेसी झरेका बेसीमै ग्याल्बो ल्होसार मानेर गाउँ फर्कने उनको भनाइ छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ९ : २४ बजे

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल