न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत « Khabarhub

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय भएको बताएका छन्।

न्यायपरिषद् दिवस २०८२ का अवसरमा बिहीबार आयोजना भएकको कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायपरिषद् सिङ्गो न्यायापलिकाको चरित्र निर्माण गर्ने निकाय भएको बताएका हुन्।

‘न्याय परिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय हो, यो न्यायिक योग्यताको मापदण्ड निर्धारण गर्ने संवैधानिक संरक्षक हो,’ प्रधानन्यायाधीश राउतले भने, ‘न्यायपरिषद्को प्रत्येक निर्णयले केबल एउटा व्यक्ति वा संस्थालाई मात्र प्रतिविम्बित गर्ने होइन, न्यायप्रतिको जनविश्वासलाई पनि प्रत्यक्ष प्रभाव पार्दछ।’

नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतन्त्रको अपरिहार्य आधारस्तम्भका रूपमा स्वीकार गरेको उल्लेख गर्दै उनले संविधानमा लेखिएको मूल्यमान्यताको मूर्तरुप कार्यान्वयन गर्ने संस्थाहरू सक्षम, निष्पक्ष र जवाफदेहीपूर्ण भएमात्र हुने बताए।

प्रधानन्यायाधीश राउतले न्यायपरिषद्को प्रभावकारिता अभिवृद्धिमा सरोकारवाला निकायको सकारात्मक सहयोग अपरिहार्य हुनुपर्ने र सबैको सामूहिक प्रयासबाट नै संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकामार्फत हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १० : ३९ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका