युद्ध विरामको केही घण्टा अगाडि इजरायली प्रधानमन्त्रीको अर्को आक्रमणमा जानसक्ने चेतावनी « Khabarhub

युद्ध विरामको केही घण्टा अगाडि इजरायली प्रधानमन्त्रीको अर्को आक्रमणमा जानसक्ने चेतावनी


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

इजरायल – युद्ध विराम लागु हुनु केही घण्टा अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्बोधन गर्दै आफ्नो देश अर्को आक्रमणमा जान सक्ने चेतावनी दिएका छन्।

नेतान्याहुले युद्ध विरामलाई अस्थायी भन्दै दोस्रो चरणको युद्ध विराम भन्दा अघि सबै सम्भावना बाँकी रहेको बताए। उनले १५ महिनाको युद्धको समीक्षा गर्दै हमास नेता याया सिनवार मारिनु इजरायलको महत्त्वपूर्ण सफलताको रूपमा व्याख्या गरेका छन्।

उनले मध्यपूर्वको नक्सा नै बदलिएको दाबी गर्दै हमास अहिले एक्लो भएको जिकिर गरे। हमासले पहिलो चरणमा रिहा गर्ने ३३ बन्दी इजरायली सञ्चार माध्यमले प्रशासित गरिसकेका छन्। हमास अधिकारीले भने सार्वजनिक गरेका छैनन्। आइतबार रिहा हुने तीन जनाको नाम भने इजरायलले पाइसकेको छ। आइतबारबाट नै इजरायलका सेना गाजाबाट फर्कन सुरु गर्नेछन्।

आइतबार रिहा हुने तीन जना महिला हुन्। इजरायली जेलमा रहेका थप प्यालेस्टाइनी रिहा हुँदै जाने छन् भने इजरायलले पनि थप बन्दी रिहा गर्नेछ। शुक्रबार मात्र इजरायली संसद्ले यो युद्ध विरामको प्रस्तावलाई पारित गरेको हो।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : ०० बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री