युद्ध विरामको केही घण्टा अगाडि इजरायली प्रधानमन्त्रीको अर्को आक्रमणमा जानसक्ने चेतावनी « Khabarhub

युद्ध विरामको केही घण्टा अगाडि इजरायली प्रधानमन्त्रीको अर्को आक्रमणमा जानसक्ने चेतावनी


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

इजरायल – युद्ध विराम लागु हुनु केही घण्टा अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्बोधन गर्दै आफ्नो देश अर्को आक्रमणमा जान सक्ने चेतावनी दिएका छन्।

नेतान्याहुले युद्ध विरामलाई अस्थायी भन्दै दोस्रो चरणको युद्ध विराम भन्दा अघि सबै सम्भावना बाँकी रहेको बताए। उनले १५ महिनाको युद्धको समीक्षा गर्दै हमास नेता याया सिनवार मारिनु इजरायलको महत्त्वपूर्ण सफलताको रूपमा व्याख्या गरेका छन्।

उनले मध्यपूर्वको नक्सा नै बदलिएको दाबी गर्दै हमास अहिले एक्लो भएको जिकिर गरे। हमासले पहिलो चरणमा रिहा गर्ने ३३ बन्दी इजरायली सञ्चार माध्यमले प्रशासित गरिसकेका छन्। हमास अधिकारीले भने सार्वजनिक गरेका छैनन्। आइतबार रिहा हुने तीन जनाको नाम भने इजरायलले पाइसकेको छ। आइतबारबाट नै इजरायलका सेना गाजाबाट फर्कन सुरु गर्नेछन्।

आइतबार रिहा हुने तीन जना महिला हुन्। इजरायली जेलमा रहेका थप प्यालेस्टाइनी रिहा हुँदै जाने छन् भने इजरायलले पनि थप बन्दी रिहा गर्नेछ। शुक्रबार मात्र इजरायली संसद्ले यो युद्ध विरामको प्रस्तावलाई पारित गरेको हो।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : ०० बजे

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत

महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा

काठमाडौं- शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको