जापानस्थित नेपाली दूतावासद्वारा आयोजित घुम्ती शिविरमा १४०० भन्दा बढीले लिए सेवा « Khabarhub

जापानस्थित नेपाली दूतावासद्वारा आयोजित घुम्ती शिविरमा १४०० भन्दा बढीले लिए सेवा


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको कुशल नेतृत्वमा नेपाली दूतावासले हालैका दिनहरूमा उल्लेखनीय प्रगतिहरू हासिल गरेको छ । जापानमा रहेका नेपाली समुदायबीच दूतावासको प्रभावकारी व्यवस्थापनको प्रशंसा बढ्दै गएको छ।

दूतावासद्वारा आयोजित घुम्ती शिविरहरूले नेपाली समुदायलाई अत्यधिक राहत प्रदान गरेको छ। हालै नागोया शहरमा आयोजित शिविरमार्फत १४०० भन्दा बढी नेपालीले सेवा प्राप्त गरेका छन् ।

यो संख्यामा १२३० राहदानी नविकरण, १०२ अस्थायी अभिलेख, १५ जन्म दर्ता, र २ कागजात प्रमाणीकरण भएका छन् । नागोयाको शिविरले स्थानीय नेपाली समुदायको सेवा पाउने पहुँचलाई थप सहज बनाएको छ।

सेवाग्राहीहरूका अनुसार, पहिले दूतावासमा कल नउठ्ने समस्याले समस्या थपेको भए पनि अहिले यसमा सुधार गरिएको छ। 

दूतावासले सामाजिक सञ्जाल र अन्य माध्यमबाट आफ्ना सेवाहरूको जानकारी दिने तथा समाधान गर्ने अभ्यासले सेवाग्राहीहरूलाई घरमै बसेर सेवा पाउने अवसर प्रदान गरेको छ। यसले दूतावासप्रतिको विश्वासलाई अझ बलियो बनाएको छ।

जापानी सरकार, समाजसेवी, र बुद्धिजीवीहरूबाट समेत यी प्रयासहरूको उच्च मूल्याङ्कन भएको छ। विशेषगरी, नेपाली युवाहरू बीच महामहिम सुवेदीको सरल र सहयोगी व्यक्तित्वले लोकप्रियता पाउँदै गएको छ। उनलाई कतिपयले ‘सबैभन्दा सरल राजदूत’ को संज्ञा दिएका छन् ।

विदेशमा रहेर पनि नेपाली समुदायको सेवामा समर्पित दूतावासको यो कदमले नेपाल र नेपालीको छवि उजिल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। सेवाग्राहीहरूले आफ्ना आवश्यकताहरू सहज रूपमा पूरा गर्न पाएको अनुभवले नेपालको कूटनीतिक सेवा झन् प्रभावकारी र जनमुखी बन्ने विश्वास दिलाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १ : ०२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज