लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाइएको छ ।

त्यसतै बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ २ किलो ९६ ग्रामसहित जाजरकोट जुनिजाँदे गाउँपालिका–५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्राम ८४० मिलिग्रामसहित सोही ठाउँ बस्ने बैतडी पाटन नगरपालिका–८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

साथै, कैलालीको धनगढी उपमहानगरपालिका–१ पार्क मोडबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक बसुवा र गौरीगंगा नगरपालिका–१ बस्ने २२ वर्षीय बिष्णु गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १ : ५९ बजे

पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड

काठमाडौं– पेट्रोलियम पदार्थ अभाव हुने हल्ला फैलिएकोबीच राजधानीमा इन्धन भर्न

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको