एक सय ९५ किलो गाँजासहित ६ जना पक्राउ « Khabarhub

एक सय ९५ किलो गाँजासहित ६ जना पक्राउ


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट एक सय ९५ किलो अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गए राति प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा ‘अनलोड’ गरी परालको थुप्रोमा लुकाइछिपाइ भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षद्वारा आज प्रकाशित प्रहरी बुलेटिनमा जनाइएको छ ।

त्यसतै, रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्डबहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारबाट चरेश जस्तो देखिने दुई किलो ९६ ग्रामको पदार्थसहित जाजरकोट जुनिजाँदे गाउँपालिका–५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

त्यस्तै, कैलालीको गोदावरी नगरपालिका–१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्रामसहित बैतडी पाटन नगरपालिका–८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले शङ्का लागि निजको पसल खोजतलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो । 

र, कैलालीको धनगढी उपमहानगरपालिका–१ पार्क मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय ९० मिलिग्रामसहित दुई जनालाई प्रहरीले गतराति पक्राउ गरेको छ । 

सोही ठाउँका २२ वर्षीय अभिषेक बसुवा र गौरीगङ्गा नगरपालिका–१ का २२ वर्षीय विष्णु गुरूङ पक्राउ परेका प्रहरीद्वारा प्रकाशित प्रहरी बुलेटिनमा जनाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ५२ बजे

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ