वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा « Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

हुम्ला अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने गरेका महानन्द जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो । निज जैसीले महानन्द पाण्डेका नामबाट पनि आफूलाई चिनाउने गरेको पाइएको छ ।

जैसीलाई प्रहरीले काठमाडौंकै टोखा नगरपालिका-३ बाट शनिबार नै पक्राउ गरेको थियो । निजलाई प्रहरी वृत्त सिंहदरबारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट गरेपछि आपत्तिजनक नारा पनि लगाएका थिए ।

सहकारी ठगी प्रकरण सम्बन्धी मुद्दामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत बाहिर अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

कुटपिटमा सङ्लग्नमध्ये प्रहरीले यसअघि नै दोलखा तामाकोशी गाउँपालिका-१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ ।

निजविरुद्ध ज्यान मार्ने उधोग कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । साथै; उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरूको गरी खोजतलास कार्य जारी रहेको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : ०० बजे

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा