‘कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलाे भूमिका’ « Khabarhub

‘कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलाे भूमिका’


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दिल्ली– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलाे भूमिका रहेको बताएका छन् । 

आज नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बिपी विचार र प्रवासी समस्या विषयक अन्तर्क्रिया, प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । 

उनले भने, ‘भारतमा रहेका प्रवासी नेपालीहरूले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ, कांग्रेसलाई अझै बलियो बनाउन उहाँहरूले आगामी दिन खेल्ने भूमिका प्रशंसनीय हुने विश्वास लिएको छु ।’

सो अवसरमा डा. महतले कुनै पनि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्नेमा जोड दिएका छन् । 

उनले पार्टीमा व्यक्तिवादी सोच र आफू केन्द्रित प्रवृत्ति हाबी हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नु पर्ने जिकिर गरे । 

प्रवक्ता डा. महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै भने ‘भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका बीचमा समस्याहरू आउनु स्वाभाविक हो, ती समस्याहरूको समाधान कूटनीतिक रूपमा वार्ताको टेबुलमा बसेर हल गर्नु पर्छ। ’

कार्यक्रममा बोल्दै डा. महतले माओवादीको अस्थिर चरित्रका कारण अहिलेको एमाले कांग्रेस गठबन्धन बनेको बताएका छन् । 

सात बुँदे समझदारी अनुसार यो सरकार अगाडि बढ्नु पर्ने कुरामा जोड दिँदै उनले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने कुरा पनि बताएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ५४ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल