‘कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलाे भूमिका’ « Khabarhub

‘कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलाे भूमिका’


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दिल्ली– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलाे भूमिका रहेको बताएका छन् । 

आज नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बिपी विचार र प्रवासी समस्या विषयक अन्तर्क्रिया, प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । 

उनले भने, ‘भारतमा रहेका प्रवासी नेपालीहरूले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ, कांग्रेसलाई अझै बलियो बनाउन उहाँहरूले आगामी दिन खेल्ने भूमिका प्रशंसनीय हुने विश्वास लिएको छु ।’

सो अवसरमा डा. महतले कुनै पनि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्नेमा जोड दिएका छन् । 

उनले पार्टीमा व्यक्तिवादी सोच र आफू केन्द्रित प्रवृत्ति हाबी हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नु पर्ने जिकिर गरे । 

प्रवक्ता डा. महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै भने ‘भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका बीचमा समस्याहरू आउनु स्वाभाविक हो, ती समस्याहरूको समाधान कूटनीतिक रूपमा वार्ताको टेबुलमा बसेर हल गर्नु पर्छ। ’

कार्यक्रममा बोल्दै डा. महतले माओवादीको अस्थिर चरित्रका कारण अहिलेको एमाले कांग्रेस गठबन्धन बनेको बताएका छन् । 

सात बुँदे समझदारी अनुसार यो सरकार अगाडि बढ्नु पर्ने कुरामा जोड दिँदै उनले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने कुरा पनि बताएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ५४ बजे

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा