झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट « Khabarhub

झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नवौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगितामा लामो दुरीको दौडतर्फ पुरुषमा अर्जुन बुढा र महिलामा विमला तामाङ विजयी भएका छन् ।

प्रतियोगितामा १३ दशमलव पाँच किलोमिटर दुरीको खुला महिलातर्फ १ घण्टा १३ मिनेट ३० सेकेण्डमा पूरा गर्दै तामाङ प्रथम भइन् । उक्त दुरी १ घण्टा १३ मिनेट ४३ सेकेण्डमा पूरागर्दै नेपाल प्रहरीको निमा लाक्पा शेर्पा दोश्रो र एकघण्टा १३ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै रोल्पाकी आश्मा विश्वकर्मा तेस्रो भइन् ।

१३ दशमलव पाँच किमी खुला पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अर्जुन बुढा ५३ मिनेट २६ सेकेण्डमा पूरा गर्दै पहिलो भए । सोही दुरी ५३ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै सोही क्लबका टङ्क कार्की दोस्रो र ५७ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै ललितपुरका प्रविण लिम्बू तेस्रो भए ।

स्थानीय पुरुषमा बिमल थापा मगरले एक घण्टा ४ मिनेटमा निर्धारित १३ दशमलव पाँच किमी पार गर्दै प्रथम भए । उक्त दुरीअन्तर्गत ४५ वर्षमाथिका पुरुष भेट्रान प्रतिस्पर्धामा नेपाल राष्ट्र बैंकबाट सहभागी रेवत दाहाल एक घण्टा १० मिनेटमा पूरा गर्दै प्रथम भए।

प्रतियोगिताअन्तर्गत चार दशमलव पाँच किमी खुला जुनियर छात्रतर्फ काठमाडौँका नवराज बानियाँ र छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका आयुश्मा आचार्य प्रथम भइन् । सोही दुरीमा स्थानीय विद्यालयतका विद्यार्थीको प्रतिस्पर्धामा छात्रतर्फ महादेव माविका गोकुल कुँवर र छात्रातर्फ इन्द्रेश्वर आधारभूत विद्यालयका सकिना तामाङले प्रथम स्थान हासिल गरिन् ।

चार दशमलव पाँच किमी दुरीको दौड प्रतियोगितामा आमा समूहको तर्फबाट सनिता श्रेष्ठ र सोही दुरीमा ४५ वर्षमाथीका स्थानीय हजुरबा र बा समूहको तर्फबाट चन्द्रमान श्रेष्ठ प्रथम भए ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : ३२ बजे

बिग्रेको गाडी धकेल्दै कहाँ पुग्लान् ओली ?

एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अत्यन्तै संकटको अवस्थामा पुगेका

ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर– नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा