प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित « Khabarhub

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले डेब्यू खेलमा शानदार जित निकालेको छ ।

पहिलोपटक प्रतियोगितामा सहभागी भएको आर्मीले मधेस प्रदेशलाई १० विकेटले हराउँदै सुखद सुरूआत ग¥यो । मधेसले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले दुई दशमलव पाँच ओभरमा विकेट नगुमाई पूरा गर्‍यो । आर्मीका लागि सम्झना खड्काले अविजित २२ र अञ्जली विश्वकर्माले ४ रन बनाइन् ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस १५ दशमलव दुई ओभरमा २५ रन बनाएर अलआउट भएको थियो । मधेसका लागि भूमि सिंहले सर्वाधिक १० रन बनाइन् । सात खेलाडी डकआउट भए ।

आर्मीका लागि आश्मा पुलामी मगरले ३ विकेट, मनिषा चौधरी र लक्ष्मी साउदले २–२ तथा सीता शाही र ईश्वरी विष्टले १–१ विकेट लिइन् । आश्मा प्लेयर अफ द म्याचसमेत भइन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ९ : ४८ बजे

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको