आज २०८१ साल फागुन ७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन ७ गते बुधबारको राशिफल


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन ७ गते बुधबार फागुन कृष्ण पक्षको सप्तमी तिथि। प्रजातन्त्र दिवस। तदनुसार सन् २०२५ फेब्रुअरी १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। बनाएको योजना सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ।

वृष : सोचेका काम नबन्ने जोखिम छ। बोल्दा विवेक प्रयोग गर्नु उचित हुन्छ। सञ्चित धन खर्च हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : बोल्दा विवेक प्रयोग नगरे आफ्नै बोलीका कारण फस्ने जोखिम छ। धार्मिक क्षेत्रको लगाबले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोजगारीको अवसर स्वदेशमै बन्नेछ।

कर्कट : व्यवहार गर्दा सचेत नबने हरेक काममा समस्या हुनसक्छ। सानो कुराले मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा अवरोध भए पनि मिहिनेत निरन्तर गरेमा सफलता मिल्नेछ।

सिंह : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्या : दिन उत्तम छ। सोचेका हरेक काम बन्नेछन्। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

तुला : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। नाम र दाम दुवै कमाउने योग छ। सोचेर बोल्नुपर्ने समय आएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

वृश्चिक : बोलीमा ख्याल नगर्दा पश्चाताप हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। साना कुराले मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ।

धनु : व्यवहारमा सचेत भएर अगाडि नबढ्दा समस्या बढ्नेछ। सानो कुराले महत्त्वपूर्ण काम अवरुद्ध हुने जोखिम छ। दाजुभाइसँगको सहकार्य फलदायी हुने योग छ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ।

मकर : आज नसोचेको ठाउँमा सञ्चित धन खर्च हुनेछ। अन्त्य साढेसाती दशा चलिरहेकाले हरेक काम गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ। संकटमा परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : तपाईंको आफ्नै बोली र व्यवहारका कारण दुर्घटनामा पर्ने जोखिम छ। काम गर्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। छिटो बोल्ने बानीकै कारण अवसर गुम्नेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

मीन : आज धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। धार्मिक क्षेत्रका बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त भए पनि मन भने धार्मिक कार्यमा मात्र रमाउने देखिन्छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ०१ बजे

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल