च्याम्पियन्स लिगबाट बाहिरियो एसी मिलान « Khabarhub

च्याम्पियन्स लिगबाट बाहिरियो एसी मिलान


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसी मिलान च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। सानसिरोको घरेलु मैदानमा मंगलबार राति भएको दोस्रो लेग प्ले अफमा फियुनार्डसँग एसी मिलान १-१ गोलको बराबरीमा रोकिएको हो।

यसअघि पहिलो लेगमा फियुनार्ड १-० ले विजयी भएको थियो। खेलको ३६ औँ सेकेन्डमा स्यान्टियागो गिमिनेजको गोलमा मिलानले अग्रता लिएको थियो। सो गोल यस सिजनको च्याम्पियन्स लिगको सबै भन्दा छिटो गोल पनि हो। खेलको ५१ औँ मिनेटमा थियो हर्नान्डेजले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि मिलान सङ्कटमा परेको थियो।

खेलको ७३ औँ मिनेटमा फियुनार्डका जुलियन कारान्जाले बराबरी गोल गरे। फियुनार्डले दोस्रो चरणमा इन्टर मिलान र आर्सनल मध्य एकसँग खेल्ने छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ०७ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई