अधिकार क्षेत्रभित्र रही विकास गनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

अधिकार क्षेत्रभित्र रही विकास गनुपर्छ : मुख्यमन्त्री कार्की


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनले दिएको अधिकारी क्षेत्रभित्र रही प्रदेशको विकास गर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ प्रदेशस्तरीय मूल समारोह समितिद्वारा आयोजित ‘७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस’ मूल समारोहको आज सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाई समृद्ध हासिल गर्नेतर्फ सरकार क्रियाशील छ भन्दै प्रदेश सरकार स्थापना भएको सात वर्षमा उल्लेखनीय काम भएको जानकारी दिए ।

उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा सुखी नेपाली र समृद्ध नेपाल बनाउने राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न प्रदेश सरकार योजनाबद्ध अघि बढिरहेको छ ।”

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गरी राष्ट्रलाई समुन्नत बनाउने भन्दै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकता हुनुपर्छ भने। उनले आम नागरिकलाई सुखी बनाउन र शान्ति, सुरक्षा प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध छ भन्दै मुलुकलाई विकास र विकसित बनाउन निजी क्षेत्रसँग पनि सहकार्य गर्ने कुरामा जोड दिए।

उनले मुलुकमा सङ्घीयता स्थापना भएपछि संविधानले कल्पना गरेको समाजवाद पूरा हुने भन्दै मुलुकमा प्रजातन्त्र स्थापना गर्न आफ्ना ज्यान बलिदान गर्नुभएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

त्यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घसंस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, विभिन्न जातजातिको संस्कृति झल्किने झाँकीसहितको र्यालीले नगरपरिक्रमा गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ४५ बजे

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी