माइलस्टोनको कार्यान्वयनमा मन्त्री दाहाल पूर्ण अयोग्य « Khabarhub

माइलस्टोनको कार्यान्वयनमा मन्त्री दाहाल पूर्ण अयोग्य

प्रधानमन्त्रीसहित १२ मन्त्रालयको अवस्था ५० प्रतिशत तल


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रालयहरूले आफैँले तय गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको माइलस्टोनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पूर्णतः असफल भएका छन् । त्यस्तै, स्वयं मन्त्रालयहरूले नै तय गरेको माइलस्टोनमा पुस महिनासम्मको प्रगतिमा प्रधानमन्त्री ओली सहित १२ वटा मन्त्रालयले ५० प्रतिशत अंक कटाउन सकेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको प्रगति विवरणमध्ये माइलस्टोनको अर्धवार्षिक प्रगतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५.८ प्रतिशत मात्रै प्रगति गरेको देखाइएको छ । सो मन्त्रालयले पुस महिनासम्म सम्पन्न गर्नैपर्ने भनेर १९ वटा कार्यक्रम तय गरिएकोमा सो अवधिसम्म जम्मा ३ वटा मात्र काम सम्पन्न गरेको छ ।

माइलस्टोन प्रगति तथ्यांकअनुसार महिला बालबालिका मन्त्रालयले पुस महिनासम्म सम्पन्न गर्नुपर्ने कार्यक्रम १४ वटा तय गरिएकोमा ३ वटा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस महिनासम्म सम्पन्न गर्नुपर्ने कार्यक्रम २० वटा तय गरिएकोमा ५ वटा मात्रै सम्पन्न गरेको छ ।

माइलस्टोन प्रगतिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आफैँले तय गरेको पुस महिनासम्मको माइलस्टोनमा ४३.२ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ । सो कार्यालयले पुस महिनासम्म ४४ वटा विभिन्न कार्यक्रम सम्पन्न गर्नै पर्ने लक्ष्य तय गरेकोमा जम्मा १९ वटा मात्रै सम्पन्न गरेको हो ।

त्यस्तै, समीक्षा अवधिमा तय गरिएको माइलस्टोनमा अर्थ, खानेपानी, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, वन तथा वातावरण, सहरी विकास, युवा तथा खेलकुद र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ५० प्रतिशत भन्दा कम अंक प्राप्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालय तथा कार्यालयहरूको माइलस्टोन प्रगति विवरण

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ५२ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा