प्रदेशको समृद्धि मूल लक्ष्य : मुख्यमन्त्री शाह « Khabarhub

प्रदेशको समृद्धि मूल लक्ष्य : मुख्यमन्त्री शाह


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिलाई आफूले मूल लक्ष्य बनाएर तदनुरूप काम गरिरहेको बताएका छन्। 

पचहत्तरौँं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकार मूल समारोह समितिले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशको समग्र विकास नै प्रदेश सरकारको लक्ष्य भएको बताए। 

उनले भने,–’प्रदेशवासीका आवश्यकता चाहनालाई केन्द्र विन्दुमा राखेर प्रदेशको दिगो आर्थिक, सामाजिक तथा पूर्वाधार विकासतर्फ लक्ष्यित भई चालु आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट तय भएको छ । सङ्घबाट अधिकार प्रत्यायोजन नहुँदा प्रदेश सरकारले जनताका आवश्यकता सम्बोधन गर्न केही कठिनाइ भएको छ । ‘

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले  समृद्धिका लागि तीनै तहका सरकारले जनता केन्द्रित भएर काम गर्नु आजको आवश्यकता भएको बताए।

 उनले भन, ‘संविधानको कार्यान्वयन, जनताका विकास निर्माणका चाहना पूरा गर्न समाजका हरेक वर्ग एकताबद्ध भएर लाग्नुपर्ने बेला आएको छ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : ०० बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण