लागू औषधसहित २ जना पक्राउ « Khabarhub

लागू औषधसहित २ जना पक्राउ


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ११ का वर्ष २६ को मुकेश यादव र सोही ठाउँका वर्ष १९ को संजिव महतो रहेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता इन्स्पेक्टर बलिष्टर सिंहले बताएका छन्।

पर्सा गाउँपालिका ६ मङराहा पोखरी स्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी पर्साको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.४२ प ४२७० नं. को मोटरसाइकल चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको  लागू औषध अनेरेक्स १०० मिलीको १७० फाईल र आरेजेस्केन १०० मिलिको २४ वटा बोतल गरी जम्मा १९४ बोतल बरामद गरिएको इन्स्पेक्टर सिंहले जानकारी दिएका छन्।

मोटरसाइकल चालक मुकेश  र पछाडि सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : १३ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण