राणा शासनबारे प्रधानमन्त्री- देशका अन्य ठाउँका नागरिकले काठमाडौं आउँदा पनि भिसा लिनुपर्‍थ्यो « Khabarhub

राणा शासनबारे प्रधानमन्त्री- देशका अन्य ठाउँका नागरिकले काठमाडौं आउँदा पनि भिसा लिनुपर्‍थ्यो


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा २००७ सालको प्रजातन्त्र ल्याउन योगदान दिने शहीदहरूलाई सम्झिएका छन् ।

जहानियाँ राणातन्त्रको बर्बरताविरुद्ध आफ्नो जीवन दिने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित शहीदहरूलाई सम्झिँदै उनले चैत २६, वैशाख ११, जेठ १५, र असोज ३ लाई नेपाली लोकतन्त्रका विशेष दिन भनेका छन् ।

‘निर्दलीयताको समाप्ति, लोकतन्त्र, गणतन्त्र र संघीयतासहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्व छ’, उनले भने, ‘प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन् । थप अधिकार दिलाएका छन् ।’

उनले २००७ साल फागुन ७ गतेलाई सहासिक यात्राको एउटा माइलस्टोन भनेका छन् । ‘नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो बिहानीमा पुर्‍याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ’, उनले भनेका छन्, ‘फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताव्दीको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सन्की आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव-प्रवर्तनमा लाग्नेको जात काडिएको जस्ता पिडादायी घटना याद गराउँछ ।’

उनले उसबेला शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्रै घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा फागुन ७ ले सम्झाएको पनि बताए ।

‘आफ्नै नागरिकले राजधानी काठमाडौं छिर्नसमेत ‘भिसा’ लिनु पर्ने र तानाशाही शासकका वैध/अवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौं नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जबरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ’, उनले फागुन ७ बारे भनेका छन् ।

उनले कुनैबेला इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग रहेको स्मरण गराए । ‘तर, दौडमासमेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै वंशमा राख्ने षडयन्त्रकारीको कुरुप अनुहारलाई पनि यस दिनले सम्झना गराउँछ’, उनले अगाडि भने, ‘यसरी फागुन ७ गतेले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हाल्यो । योजनावद्ध विकासको थालनी गर्‍यो । सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरुसँग कुटनैतिक सम्बन्धको शुरुवात गर्‍यो ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : ५१ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को