शंकर पोखरेलको टिप्पणी : पञ्चायती भूतहरूले पूर्वराजालाई उचालेर बोल्न लगाएछन् « Khabarhub

शंकर पोखरेलको टिप्पणी : पञ्चायती भूतहरूले पूर्वराजालाई उचालेर बोल्न लगाएछन्


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

दाङ– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिएको बताएका छन् ।

एमालेको वडाकेन्द्रित अभियान सुरुवात गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि फेरि पञ्चायती भूत सल्बलाउन थालेको बताए ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे ।

‘अचेल फेरि पञ्चायतकालीन भूत सल्बलाउन थालेका छन्’, उनले भने,‘पूर्वराजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिदैछ ।’

राजनीतिक परिवर्तन संस्थागत गर्ने अभियानमा लाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए । ‘सामन्तवाली राजसंस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ’, पोखरेलले भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्णक्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।’

महासचिव पोखरेलले पूर्णक्रान्ति सफल बनाउन बलियो राजनीतिक शक्ति निर्माण गरिनुपर्नेमा जोड दिए । आफूले बलिया दुई राजनीतिक शक्तिको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको उनले बताए ।

‘मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ । स्थायी सरकार बनाउन सकिन्छ भन्दै आएको छु’, उनले भने, ‘दल खोल्न प्रतिबन्ध गर्ने होइन, थ्रेसहोल्डको प्रतिशत बढाउनुपर्छ ।’

उनले जनतामाझ चुनाव जितेर सत्ता चलाउन कसैलाई बन्देज नगरिने भन्दै राजनीतिका खुद्रा पसल देशलाई आवश्यक नभएको पनि प्रष्ट पारे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : ५९ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ