शंकर पोखरेलको टिप्पणी : पञ्चायती भूतहरूले पूर्वराजालाई उचालेर बोल्न लगाएछन् « Khabarhub

शंकर पोखरेलको टिप्पणी : पञ्चायती भूतहरूले पूर्वराजालाई उचालेर बोल्न लगाएछन्


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

दाङ– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिएको बताएका छन् ।

एमालेको वडाकेन्द्रित अभियान सुरुवात गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि फेरि पञ्चायती भूत सल्बलाउन थालेको बताए ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे ।

‘अचेल फेरि पञ्चायतकालीन भूत सल्बलाउन थालेका छन्’, उनले भने,‘पूर्वराजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिदैछ ।’

राजनीतिक परिवर्तन संस्थागत गर्ने अभियानमा लाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए । ‘सामन्तवाली राजसंस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ’, पोखरेलले भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्णक्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।’

महासचिव पोखरेलले पूर्णक्रान्ति सफल बनाउन बलियो राजनीतिक शक्ति निर्माण गरिनुपर्नेमा जोड दिए । आफूले बलिया दुई राजनीतिक शक्तिको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको उनले बताए ।

‘मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ । स्थायी सरकार बनाउन सकिन्छ भन्दै आएको छु’, उनले भने, ‘दल खोल्न प्रतिबन्ध गर्ने होइन, थ्रेसहोल्डको प्रतिशत बढाउनुपर्छ ।’

उनले जनतामाझ चुनाव जितेर सत्ता चलाउन कसैलाई बन्देज नगरिने भन्दै राजनीतिका खुद्रा पसल देशलाई आवश्यक नभएको पनि प्रष्ट पारे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : ५९ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा