केआईआईटीले निकालेका ९५ विद्यार्थी वीरगञ्ज आइपुगे, भन्छन्- हामीमाथि गरिएको अत्याचार वर्णन गर्न सक्दैनौँ « Khabarhub

केआईआईटीले निकालेका ९५ विद्यार्थी वीरगञ्ज आइपुगे, भन्छन्- हामीमाथि गरिएको अत्याचार वर्णन गर्न सक्दैनौँ


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

पर्सा- भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरेर निकालिएका नेपाली विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् ।

भुवनेश्वरबाट सोमबार राति नै हिँडेका करिब ३ सयभन्दा बढी विद्यार्थीमध्ये एउटा समूह सडकमार्ग हुँदै बुधबार बिहान वीरगञ्ज आइपुगेको हो ।

पहिलो समूहमा ९५ जना विद्यार्थी बुधबार बिहान वीरगञ्ज आइपुगेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बताए । कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको गौतमले बताए ।

उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा वीरगञ्ज हुँदै घर फर्किएका छन् । फर्किएकामध्ये ८० प्रतिशत विद्यार्थी पर्साकै हुन् । केही विद्यार्थी मात्रै अन्य जिल्लाका छन् ।

‘थप विद्यार्थी आउने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर विवरण सङ्कलन गरेर सुरक्षित रुपमा घरसम्म पुर्‍याउने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘विद्यार्थीहरू अधिकांश पर्सा तथा बारा, रौतहट र मकवानपुर लगायतका छन् ।’

वीरगञ्जको शङ्कराचार्य गेट हुँदै आएका विद्यार्थीलाई स्थानीय साउथ जोन स्कुलका दुईवटा स्कुल बसमा सिमरासम्म पुर्‍याइएको छ । स्कुलका सहायक प्रधानाध्यापक अशोक सङ्ग्रौलाले आइरहेको अर्को समूहका विद्यार्थीलाई लिन बस पठाइने बताए ।

नेपाल फर्किएका विद्यार्थीले विश्वविद्यालयले अत्याचार गरेको बताएका छन् । प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि विरोध गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गुन्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेलबाट निकालेको विद्यार्थीहरूले बताए ।

‘हामीलाई आफ्नो सामान जम्मा गर्नसमेत समय दिएनन् । होस्टेलमा आएका गुन्डाले कुटपिट गर्दै निकाले,’ वीरगञ्ज आइपुगेका ती विद्यार्थीले भने, ‘केटा-केटी दुवैलाई कुटपिट गर्दै निकाले । हाम्रा कयौँ साथीरू घाइते छन् ।’

भुवनेश्वरका विभिन्न रेल स्टेशनमा जबरजस्ती छाडिएकामध्ये करिब ३ सय विद्यार्थी कोलकाता पुगेका थिए । त्यहाँबाट उनीहरू फरक फरक बाटो हुँदै घरसम्मको यात्रामा लागेका हुन् ।

आइतबार अपरान्हन रुपन्देहीकी प्रकृति लम्साल होस्टेलमै शंकास्पद अवस्थामा मृत भेटिएपछि आन्दोलित नेपाली विद्यार्थीमाथि ज्यादती भएको थियो । उक्त प्रकरणमा कलेजका महानिर्देशकसहित अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : ३६ बजे

जीवित आमालाई ढोग, दिवङ्गतलाई तर्पण

काठमाडौँ – नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति

आजको मौसम पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

काठमाडौँ – हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम : सीमावर्ती क्षेत्रमा भने अझै रकेट प्रहार

जेरुसेलम– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको