केआईआईटीले निकालेका ९५ विद्यार्थी वीरगञ्ज आइपुगे, भन्छन्- हामीमाथि गरिएको अत्याचार वर्णन गर्न सक्दैनौँ « Khabarhub

केआईआईटीले निकालेका ९५ विद्यार्थी वीरगञ्ज आइपुगे, भन्छन्- हामीमाथि गरिएको अत्याचार वर्णन गर्न सक्दैनौँ


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

पर्सा- भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरेर निकालिएका नेपाली विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् ।

भुवनेश्वरबाट सोमबार राति नै हिँडेका करिब ३ सयभन्दा बढी विद्यार्थीमध्ये एउटा समूह सडकमार्ग हुँदै बुधबार बिहान वीरगञ्ज आइपुगेको हो ।

पहिलो समूहमा ९५ जना विद्यार्थी बुधबार बिहान वीरगञ्ज आइपुगेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बताए । कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको गौतमले बताए ।

उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा वीरगञ्ज हुँदै घर फर्किएका छन् । फर्किएकामध्ये ८० प्रतिशत विद्यार्थी पर्साकै हुन् । केही विद्यार्थी मात्रै अन्य जिल्लाका छन् ।

‘थप विद्यार्थी आउने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर विवरण सङ्कलन गरेर सुरक्षित रुपमा घरसम्म पुर्‍याउने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘विद्यार्थीहरू अधिकांश पर्सा तथा बारा, रौतहट र मकवानपुर लगायतका छन् ।’

वीरगञ्जको शङ्कराचार्य गेट हुँदै आएका विद्यार्थीलाई स्थानीय साउथ जोन स्कुलका दुईवटा स्कुल बसमा सिमरासम्म पुर्‍याइएको छ । स्कुलका सहायक प्रधानाध्यापक अशोक सङ्ग्रौलाले आइरहेको अर्को समूहका विद्यार्थीलाई लिन बस पठाइने बताए ।

नेपाल फर्किएका विद्यार्थीले विश्वविद्यालयले अत्याचार गरेको बताएका छन् । प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि विरोध गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गुन्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेलबाट निकालेको विद्यार्थीहरूले बताए ।

‘हामीलाई आफ्नो सामान जम्मा गर्नसमेत समय दिएनन् । होस्टेलमा आएका गुन्डाले कुटपिट गर्दै निकाले,’ वीरगञ्ज आइपुगेका ती विद्यार्थीले भने, ‘केटा-केटी दुवैलाई कुटपिट गर्दै निकाले । हाम्रा कयौँ साथीरू घाइते छन् ।’

भुवनेश्वरका विभिन्न रेल स्टेशनमा जबरजस्ती छाडिएकामध्ये करिब ३ सय विद्यार्थी कोलकाता पुगेका थिए । त्यहाँबाट उनीहरू फरक फरक बाटो हुँदै घरसम्मको यात्रामा लागेका हुन् ।

आइतबार अपरान्हन रुपन्देहीकी प्रकृति लम्साल होस्टेलमै शंकास्पद अवस्थामा मृत भेटिएपछि आन्दोलित नेपाली विद्यार्थीमाथि ज्यादती भएको थियो । उक्त प्रकरणमा कलेजका महानिर्देशकसहित अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : ३६ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी