पूर्वराजा बोल्दा राजावादी उत्साहित, ज्ञानेन्द्र शाही भन्छन्- अब जनमत संग्रहका लागि संघर्ष « Khabarhub

पूर्वराजा बोल्दा राजावादी उत्साहित, ज्ञानेन्द्र शाही भन्छन्- अब जनमत संग्रहका लागि संघर्ष


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसमा दिएको शुभकामना सन्देशले राजावादी वृत्तमा सकारात्मक तरंग फैलिएको छ । अब राजतन्त्र पुनर्स्थापनका लागि निर्णायक संघर्ष हुने भन्दै जुर्मुराएका छन् ।

आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउ आफूलाई साथ दिन’ आह्वान गरेका थिए । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन् ।

पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । नेपालको उन्नतिका लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्छौं ।’

पूर्वराजाबाट देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू फेरि शक्तिमा फर्किने चाहना अभिव्यक्त भएको यो पहिलोपटक होइन । विभिन्न शुभकामना मन्तव्यमा उनले घुमाउरो रुपमा यस्तो चाहना राखिरहेका हुन्छन् । तर, अरुबेला मौन बस्छन् । यिनै वक्तव्यवाजीबाहेक राजतन्त्र पुन:स्थापनाका लागि उनले ठोस प्रयास अघि बढाएका छैनन् ।

अहिलेको वक्तव्यमा उनले मुर्तरूपमा नै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी उत्साहित छन् । ‘अब राजाले केही गर्दैछन्’ भन्ने भाव राजावादीमा पैदा भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले मंगलबार नै फेसबुकमार्फत् सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् ।

उनी भन्छन्, ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभसन्देश प्राप्त, जो-जहाँ छौँ, त्यही स्थानमा रहन, तयारी अवस्थामा बस्न अनुरोध गर्दछौं । यो सन्देश सबैमा पुर्‍याउन अपील गर्दछौँ ।’

शाहीले अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमत संग्रह गराउन निर्णायक दबाब दिइने बताए ।

‘पूर्वराजाको अभिव्यक्ति हचुवामा आएको होइन । उनलाई साथ दिन हामी अगाडि बढ्ने हो । संसद्‍देखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौँ’, उनले भने ।

राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहरी ल्याउने उनले बताए।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  २ : ४१ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल