संविधान संशोधनमार्फत कमी कमजोरीलाई सुधार्नुपर्छ : देउवा « Khabarhub

संविधान संशोधनमार्फत कमी कमजोरीलाई सुधार्नुपर्छ : देउवा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले अहिलेको संविधान लचिलो रहेको भन्दै संशोधनमार्फत कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।

समावेशीताको बिषयमा नपुगेका कुराहरूलाई पुरा गर्नका लागि कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । सभापति देउवाले सम्पूर्ण नेपालीहरूलाई समावेश गराउने गरी नेपालमा समावेशी राजनीति लागू भएको उल्लेख गरे ।  ३३ प्रतिशत महिलाको आरक्षण संसारमा थोरै देशमा मात्रै भएको उनको भनाइ छ । 

उनले अग्रजहरूको त्याग र तपस्याले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्ने जिकिर गरे । कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीलाई एकताबद्ध र बलियो बनाउँदै आगामी निर्वाचनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : २५ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण