अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुन्छ : नैनसिंह महर « Khabarhub

अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुन्छ : नैनसिंह महर


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुने बताएका छन् । 

नेपाल शिक्षक संघ ललितपुरद्वारा आयोजित २४औं प्रतिनिधि सभा स्वागत तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् ।

कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरले अहिलेसम्म अधिकारको मात्र कुरा गरिएकोमा त्यो सँगसँगै कर्तव्यनिष्ठ हुनुपर्नेमा पनि जोड दिए । 

‘२००७ सालदेखि आजसम्म अधिकारका बारेमा ठूला बहस भए । आन्दोलन भए । हामीले संविधान बनायौँ,’ उनले भने, ‘पार्टीका घोषणा पत्र बनायौँ । थुप्रै अधिकार स्थापित भए । अधिकारसँगै कर्तव्यको पालनाले मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने कुरालाई ध्यान दिएर कर्तव्य पालनातर्फ लागेनौँ ।’ 

महरले राजनीतिक दलका घोषणा पत्र निकै लोभ लाग्दा बन्ने गरे पनि कार्यान्वयन पक्ष निकै फितलो रहेको बताए । घोषणा पत्रमा लेखिएका कुरा कति कार्यान्वयन भए भन्नेमा पनि गम्भीर समीक्षा आवश्यक रहेको महरले औँल्याए ।

सबल लोकतान्त्रिक देश निर्माणमा सबै जुट्नुपर्ने महरको भनाइ थियो । ‘सबल लोकतान्त्रिक देश भनेको त्यस्तो देश हो, जसले नागरिकका अधिकार र स्वतन्त्रता सुनिश्चित गर्छ,’ उनले भने, ‘विधिको शासन पालना गर्छ । जवाफदेही सरकारको व्यवस्था गर्दछ । र, जनताको सहभागिता बढाउँछ ।’ 

नेता महरले शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधानमा कांग्रेस गम्भीर रहेको बताए । 

‘शिक्षकलाई निजामति सरहको सेवा सुविधा दिइनुपर्छ । भौतिक पूर्वाधारमा ध्यान दिने, तालिम र परीक्षणमा ध्यान दिने कुरामा राज्य गम्भी बन्नुपर्छ । गुणस्तर अभिवृद्धिका लागि शिक्षामा २० प्रतिशत बजेट छुट्याइनुपर्छ,’ नेता महरले भने ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ४६ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी