कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली « Khabarhub

कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कमलादीस्थित स्वाइवाक टावरको अवलोकन भ्रमण गरेका छन् ।

प्रजातन्त्र दिवसका अलसरमा टावरको टुप्पामा नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै ओलीले बालकदेखि वृद्धसम्म सबैलाई सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको बताएका छन् ।

पत्नी राधिका शाक्य र सचिवालयका सदस्यसहित सार्वजनिक बिदाका दिन बुधबार प्रधानमन्त्री स्काइवाक पुगेका हुन् ।

प्रधानमन्त्रीको यो भ्रमणले पर्यटन व्यवसाय क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । त्यसअवसरमा ओलीले टावरको बाइसौं तलामा रहेको स्काइ रेस्टुरेन्टमा खाजा खाएका थिए।

कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काइवाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिन काठमाडौंमा यो एकमात्रै गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ ।

स्काइवाकबाट हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहे जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।

टावरको २५औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ५६ बजे

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस