कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली « Khabarhub

कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कमलादीस्थित स्वाइवाक टावरको अवलोकन भ्रमण गरेका छन् ।

प्रजातन्त्र दिवसका अलसरमा टावरको टुप्पामा नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै ओलीले बालकदेखि वृद्धसम्म सबैलाई सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको बताएका छन् ।

पत्नी राधिका शाक्य र सचिवालयका सदस्यसहित सार्वजनिक बिदाका दिन बुधबार प्रधानमन्त्री स्काइवाक पुगेका हुन् ।

प्रधानमन्त्रीको यो भ्रमणले पर्यटन व्यवसाय क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । त्यसअवसरमा ओलीले टावरको बाइसौं तलामा रहेको स्काइ रेस्टुरेन्टमा खाजा खाएका थिए।

कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काइवाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिन काठमाडौंमा यो एकमात्रै गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ ।

स्काइवाकबाट हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहे जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।

टावरको २५औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ५६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल