प्रकृति मृत्यु प्रकरण : ओडिशाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए « Khabarhub

प्रकृति मृत्यु प्रकरण : ओडिशाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओडिशाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्।

बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो।

त्यसयता मोरङ विराटनगरस्थित जोगबनी नाका हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

नेपाल फर्किने बढी विद्यार्थी मोरङका छन्। मोरङका ३६ जना विद्यार्थी जोगबनी हुँदै नेपाल आएको यादवले बताए।

यस्तै, सप्तरीका १६ जना र सुनसरीका ११ जना विद्यार्थी फर्केका छन्।

काठमाडौं, सिरहाका ३-३ जना, सर्लाही २, जनकपुर २, ललितपुर १ र उदयपुरका १ जना विद्यार्थी फर्किएको यादवले बताए।

लम्सालले आफूलाई कलेजमा अध्ययनरत् एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।

आइतबार अचानक छात्रा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी-लेखेटी कुटपिट गरेका थिए।

उक्त घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थी निष्कासनको उर्दी जारी गरेको थियो। नेपाली विद्यार्थीलाई सोमबारसम्म कलेज छाड्न उर्दी जारी गरिएकोमा विश्वविद्यालयले फिर्ता लिइसकेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : १३ बजे

खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत्

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

काठमाडौं –  मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य 

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी– रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय

मन्त्री तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती