दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता | Khabarhub Khabarhub

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ता चयन भएकी छन् । बुधबार
साँझ दिल्लीस्थित भारतीय जनता पार्टीको कार्यालयमा बसेको विधायक दलको बैठकले नयाँ मुख्यमन्त्रीको रुपमा गुप्ताको नाम घोषणा गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै भाजपाका नेता रविशंकर प्रसादले भने, ‘रेखाको नाम प्रवेश वर्मा, सतीश उपाध्याय र विजेन्द्र गुप्ताले प्रस्ताव गरेका थिए। नौ जनाले उनको नाम अनुमोदन गरे।’

साथै प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण बिहीबार रामलीला मैदानमा हुनेछ ।

रेखा दिल्लीको चौथो महिला मुख्यमन्त्री हुनेछिन् । यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशीले यो पद सम्हालेका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : १७ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।