दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता « Khabarhub

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ता चयन भएकी छन् । बुधबार
साँझ दिल्लीस्थित भारतीय जनता पार्टीको कार्यालयमा बसेको विधायक दलको बैठकले नयाँ मुख्यमन्त्रीको रुपमा गुप्ताको नाम घोषणा गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै भाजपाका नेता रविशंकर प्रसादले भने, ‘रेखाको नाम प्रवेश वर्मा, सतीश उपाध्याय र विजेन्द्र गुप्ताले प्रस्ताव गरेका थिए। नौ जनाले उनको नाम अनुमोदन गरे।’

साथै प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण बिहीबार रामलीला मैदानमा हुनेछ ।

रेखा दिल्लीको चौथो महिला मुख्यमन्त्री हुनेछिन् । यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशीले यो पद सम्हालेका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : १७ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६