इटहरी गोल्डकपः मच्छिन्द्र क्लब फाइनलमा | Khabarhub Khabarhub

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब फाइनलमा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुनसरी – मच्छिन्द्र फुटबल क्लब काठमाडौँ युनाइटेड फुटबल क्लब खर्साङ (युकेएफसी)लाई हराउँदै १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज इटहरी रङ्गशालामा भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

खेलको ६५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ७०औँ मिनेटमा मच्छिन्द्र क्लबका ओमोलाजा नुरेन हरिमले गोल गर्दै टोलीलाई बराबरीमा पु¥याउन सफल भएका थिए ।

खेलको ७२औँ मिनेटमा मच्छिन्द्रका मल्लिक बियुसुफले गोल गरेका थिए । निर्धारित समय सकिएपछि चार मिनेट थपिएकामा अन्तिम मिनेटमा मच्छिन्द्रका मल्लिक ‘बी’ युसुफले गोल गर्दै टोलीलाई फाइनलमा प्रवेश गराए ।

बिहीबार सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लबबीचप्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : १४ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र