बुधबार कृष्णको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

बुधबार कृष्णको पूजा गर्नुहोस्


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत ६ गते बुधबार चैत कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मार्च १९ तारिख। विश्व मुख स्वास्थ्य दिवस तथा अन्तर्राष्ट्रिय खुशी दिवस।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ५ : २८ बजे

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध

एजेन्सी– धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ

ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौको

आशा जगाउँदै जेन-जी मन्त्री गुप्ता

काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनको दुई महिना पुगेको छ