प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिने


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।

यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक–२०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

मन्त्री लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसपछि उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ४७ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित