आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघको प्यानल नै विजयी « Khabarhub

आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघको प्यानल नै विजयी


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आयुर्वेद क्याम्पस कीर्तिपुरको को अध्यक्षमा नेविसंघका निशान अर्याल निर्वाचित भएका छन् ।

क्याम्पसमा हिजो सम्पन्न स्ववियु निर्वाचनको अन्तिम परिणामअनुसार अध्यक्षमा अर्यालसहित नेविसंघको प्यानल नै विजयी भएको हो ।

निर्वाचनमा तीन दलीय गठबन्धनका विद्यार्थी सङ्गठनहरू अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा भएको थियो ।

कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत पाएका छन् । १ मत बदर भएको थियो ।

नेविसंघको तर्फबाट सचिवमा सागर पङ्गेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल निर्वाचित भएका छन् ।

समानुपातिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदा लगभग तीन सिट सुरक्षित गरेको छ।

यो जितसँगै नेविसंघले आयुर्वेद क्याम्पसमा लगातार चारवटा स्ववियु निर्वाचनमा प्यानल नै जितेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ८ : १६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा