नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर « Khabarhub

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत, बिहानको काम गरेबापत, दिउँसोको दोस्रो सिफ्टमा काम गरेबापत र बेलुकीको सिफ्टमा काम गरेबापत पाउने खाजा भत्तामा वृद्धि गर्ने सहमति गरेको हो ।

अहिलेसम्मको अवस्थामा प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत प्रतिदिन पचास रुपैयाँ भत्ता पाउने गरेकोमा अब एक सय रुपैयाँ पाउने भएका छन् । बिहानको पहिलो सिफ्टमा काम गर्ने कर्मचारीको ७५ रुपैयाँबाट १२५ रुपैयाँ र दिउँसो दोस्रो सिफ्टमा काम गर्ने कर्मचारीको ५० रुपैयाँबाट एक सय रुपैयाँ बनाउने सहमति अर्थले दिएको छ ।

त्यस्तै, बेलुकाकाे सिफ्टमा काम गर्ने कर्मचारीको हकमा १२५ रुपैयाँबाट बढाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाजा भत्ता दर सबै तहका कर्मचारीलाई लागू हुने सहमति प्रदान गरिएको अर्थ मन्त्रालयको सहमति पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १० : ५७ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध