नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर « Khabarhub

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत, बिहानको काम गरेबापत, दिउँसोको दोस्रो सिफ्टमा काम गरेबापत र बेलुकीको सिफ्टमा काम गरेबापत पाउने खाजा भत्तामा वृद्धि गर्ने सहमति गरेको हो ।

अहिलेसम्मको अवस्थामा प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत प्रतिदिन पचास रुपैयाँ भत्ता पाउने गरेकोमा अब एक सय रुपैयाँ पाउने भएका छन् । बिहानको पहिलो सिफ्टमा काम गर्ने कर्मचारीको ७५ रुपैयाँबाट १२५ रुपैयाँ र दिउँसो दोस्रो सिफ्टमा काम गर्ने कर्मचारीको ५० रुपैयाँबाट एक सय रुपैयाँ बनाउने सहमति अर्थले दिएको छ ।

त्यस्तै, बेलुकाकाे सिफ्टमा काम गर्ने कर्मचारीको हकमा १२५ रुपैयाँबाट बढाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाजा भत्ता दर सबै तहका कर्मचारीलाई लागू हुने सहमति प्रदान गरिएको अर्थ मन्त्रालयको सहमति पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १० : ५७ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्